भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

  |   प्रकाशित :

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् ।

जी टीभीबाट प्रसारण भएको शोको फाईनलमा आचार्य सेकेण्ड रनर अप भए भने केसीले चौथो स्थान कब्जा गरे ।

फाइनलमा पुगेका ६ मध्ये प्रितमको प्रस्तुतिलाई अडिसनदेखि नै निर्णायक मण्डल र दर्शकले निकै मन पराएका थिए ।

उनको घर सुनसरीको इटहरी हो । ६ कक्षामा पढ्ने उनले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech