‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ ।

बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज दाहालको स्वर छ भने लय तथा शब्द पनि स्वयं दहालकै छ ।

सबिन गौतमको निर्देशनमा बनेको गीतको भिडियोलाई सागर गौतमको छायाङ्कन, बिनोद बमले सम्पादन तथा सबिन गौतम र प्रन्शा दाहालको अभिनय छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech