काठमाडौंमा स्थानीयद्धारा विरोध प्रदर्शन, यातायात ठप्प

  |   प्रकाशित :

काठमाडौँ । काठमाडौँ थलीका जन्ता आन्दोलित भएका छन् । सरकारले लामो समयदेखि सडक निर्माण नगरिएको भन्दै काठमाडौं थलीका बासिन्दा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका हुन् ।

सडक विस्तारका लागि भत्काइएको सडक मर्मतको माग गर्दै नेपाल विद्यार्थी संघको नेतृत्वमा स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूको प्रदर्शनका कारण अहिले चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखुमा सवारी आवागमन ठप्प भएको छ । 

सडकमै टायर बालेर स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech