पाकिस्तानमा भूकम्पको धक्का महसुस

  |   प्रकाशित :

काठमाडौं । पाकिस्तानमा भूकम्पको धक्का महसुस गरिएको छ । पाकिस्तानको रावलपिंडीमा ५ दशमलव ३ रिक्टर स्केलको भूकम्प आएको हो ।

भूकम्प बुधबार बिहान सवा तीनबजे आएको अमेरिकाको भूकम्प मापन अध्ययन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु जमिनभन्दा ३० किलोमिटर गहिरो स्थानमा आएको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech