चम्पादेवी माविका छात्रामा मुर्छा हुने, बेहोस हुने जस्ता देखिए अनौठो रोग

  |   प्रकाशित :

सिन्धुली । चम्पादेवी मावि गडाम्रेमा छात्राहरुमा एक्कासी अज्ञात रोग देखा परेको छ ।

तीनपाटन गाउँपालिका–६ मा रहेको चम्पादेवी विद्यालयका प्रधानाध्यापक कुलबहादर थापाले दिएको जानकारी अनुसार कक्षा ६ देखि १० सम्मका ७ जना छात्राहरुमा अज्ञात रोग देखिएको छ ।

उनीहरु मध्ये ४ जना छात्राको जिल्ला अस्पतालम उपचार भइरहेको र बाँकी तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । छात्रामा पटक–पटक मुर्छा हुने, बेहोस हुने, काम्ने जस्ता अनौठो किसिमको व्यवहार देखाउने गरेको बताइएको छ ।

विशेषगरि १४र१५ वर्ष उमेर समूहका छात्रामा यस्तो समस्या देखिएको तीनपाटन गाउँपालिका–६ का वडाध्यक्ष बीरबहादुर पुलामीले जानकारी दिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech