टिपरले ट्याक्टरलाई दियाे ठक्कर, ठक्करबाट ट्याक्टर पुग्याे सिधै खोलामा

  |   प्रकाशित :

विराटनगर । पुष्पलालचौक पूर्व सिंघिया खोलाको पुलबाट ट्याक्टर झरेको छ । पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ट्याक्टर टिपरको ठक्करबाट सिंघिया खोलाको पुलबाट खोलामा झरेको हो ।

दुर्घटनास्थल विराटनगर– १ र १९ को सीमा क्षेत्रमा पर्छ । पूष्पलालचोक–विराटचोक सडक खण्डमा ना५ख ५२६४ नम्बरको टिपर पुलको उकालोमा ब्याक सरेपछि पछाडी आउदै गरेको ट्याक्टरलाई ठक्कर दिएको थियो ।

ठक्कर दिएका कारण को२त ३०८५ नम्बरको ट्याक्टर खोलामा झरेको छ । ट्याक्टरका चालकले भने हाम्फालेर ज्यान जोगाएका छन् । दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरीले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech