रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

  |   प्रकाशित :

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ ।

रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय रहेको जनाइएको छ । अर्का एक जनाको भने पहिचान खुलेको छैन ।

मलेसियाली सञ्चार माध्यम द स्टारका अनुसार मृत्यु हुने सवैले मेन्थल हालिएको विशाक्त रक्सी सेवनका कारण मृत्यु भएको उल्लेख गरिएको छ ।

मलेसिया प्रहरीले मलेसियामा विशाक्त रक्सी बनाउने समृहको निशानीमा रोजगारीका लागि आउने विदेशी कामदार पर्ने गरेका छन् । प्रहरीले विशात्त रक्सी बनाएर बेच्ने ९ जनालाई पक्राउ गरिएकोपनि जनाइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech