पाँच नं. प्रदेश टुक्र्याउने सर्तमा उपेन्द्र यादव सरकारमा जाँदै, एमाले–माओवादीका नेताहरूको ठूलो विरोध

नेपाल पाना प्रकाशित: २०७४-११-१४ गते | 58871 पटक हेरिएको
पाँच नं. प्रदेश टुक्र्याउने सर्तमा उपेन्द्र यादव सरकारमा जाँदै, एमाले–माओवादीका नेताहरूको ठूलो विरोध

काठमाडौं । संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउने निर्णयसँगै एमाले–माओवादी केन्द्रभित्र ठूलो विवाद भएको छ । एमालेका नेता सचिव गोकर्ण विष्ट र माओवादीका प्रभावशाली नेता संघीय समाजवादी फोरमविरुद्ध असन्तुष्टि जनाएका हुन् ।

विष्ट र रायमाझीले आफूहरूले पाँच नम्बर प्रदेशलाई सग्लो राख्ने अन्तिम प्रयास गरेको बताएका छन् । ‘हामीले आन्दोलन गरेर पाँच नं. प्रदेशलाई सग्लो राख्न ठूलो प्रयास गरेका थियौँ र गरिरहने छौँ’, रायमाझी र विष्टले नेता तथा कार्यकर्ताहरूसँगको भेटमा भनेका छन्, ‘उपेन्द्र यादवलाई सरकारमा सहभागी गराउन पाँच नं. प्रदेशलाई टुक्र्याउने सहमति भयो । अब केही गर्न सकिएन ।’

उपेन्द्र यादवलाई उपप्रधान र परराष्ट्र तथा श्रम मन्त्रालय दिएर प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनमा सहमति गरेका छन् ।

संविधान संशोधनमा ओली–दाहालले पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरेर सहमति भएको उच्च स्रोतले जनाएको छ । पाँच नम्बर प्रदेशलाई यसअघि पनि टुक्र्याउन मधेस केन्द्रित दलहरूले ठूलो प्रयास गरेका थिए ।

कांग्रेसका चन्द्र भण्डारी, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, माओवादी केन्द्रका टोपबहादुर रायमाझीसहितका नेताहरूले विरोध गरेर बचाएका थिए । सरकारमा सहभागी हुने र गराउने नाममा ओली र प्रचण्डले पाँच नम्बर प्रदेशका विरुद्ध ठूलो षड्यन्त्र गरेको खुलासा भएको छ ।

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


इपीजी विरुद्ध मधेसमा राजपा महासचिव झाको चाखलाग्दो दाैडधुप, चिनियाँ राजदुतको भुमिकामा कैफियत !
इपीजी विरुद्ध मधेसमा राजपा महासचिव झाको चाखलाग्दो दाैडधुप, चिनियाँ राजदुतको भुमिकामा कैफियत !

काठमाडाैं । चिनियाँ राजदुत यु होङ्ले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव राजीव झा मार्फत नेपालमा विभिन्न संस्था खोलेर नेपाल-भारत सम्बन्धलाई तहसनहस बना..

सिक्नुस्ः प्रम आेलीलाई अमेरिकामा हाम्रै राजदुतले विमानस्थलमा स्वागत गरे, ट्रम्प नेपाल आए के होला ?
सिक्नुस्ः प्रम आेलीलाई अमेरिकामा हाम्रै राजदुतले विमानस्थलमा स्वागत गरे, ट्रम्प नेपाल आए के होला ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आेली अहिले अमेरिकामा छन् । जम्बो टिम लिएर अमेरिका पुगेका राष्ट्र प्रमुख संयुक्त राष्ट्र..

निजगढ विमानस्थलबारे संसदमा व्यङग्यः रुख काट्ने हो, कांग्रेसको चुनाव चिन्ह होइन !
निजगढ विमानस्थलबारे संसदमा व्यङग्यः रुख काट्ने हो, कांग्रेसको चुनाव चिन्ह होइन !

काठमाडौं । निजगढ अन्तर्राष्टिय विमानस्थलको निर्माणका सम्बन्धमा सांसदहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले निजगढ विमानस्थल..

चिनियाँ राजदुत मार्फत आेली र ज्ञावालीले यसरी तुहाइ दिए राष्ट्रपति सी संग प्रचण्डको भेटवार्ता !
चिनियाँ राजदुत मार्फत आेली र ज्ञावालीले यसरी तुहाइ दिए राष्ट्रपति सी संग प्रचण्डको भेटवार्ता !

काठमाडाैं । भारत भ्रमणबाट हाैसिएका नेपाल कम्युनिष्ट पार्टीका दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चीन भ्रमणबाट हतोत्साहित भएर स्वदेश फर्किए  । ..