एसईईको नतिजा आज दिउँसो १ बजेपछि प्रकाशन गरिँदै, बोर्ड बैठक डाकियो 

  |   प्रकाशित :

काठमाडौं । यसपटकको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुगेको छ ।

नतिजा प्रकाशन गर्नकै लागि राष्ट्रिय परीक्षा बोर्डले दिउँसो एक बजे बोर्ड बैठक डाकेको छ । सो बैठकले निर्णय गरेपछि नतिजा प्रकाशन हुनेछ ।

एसईईको नतिजा परीक्षा बोर्डको वेबसाइट www.see.gov.np मा परीक्षाफल हेर्न सकिने बोर्डले जानकारी दिएको छ । यसैगरी १६०० मा फोन गरेर थाहा पाउन सकिने नतिजा हेर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech