गुरुकुल विद्यापीठबाट एसईईमा सहभागी सम्पूर्णले ल्याए ‘ए प्लस’

  |   प्रकाशित :

भरतपुर । गुरुकुल विद्यापीठबाट २०७५ सालको एसईई परीक्षा सहभागी सबैले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । 

बिहीबार सार्वजनिक भएको एसईई परीक्षाफलमा देवघाटधामस्थित परमानन्द संस्कृत गुरुकुलबाट सहभागी भएका सबै १४ जनाले ए प्लस ल्याएको विद्यालयले जनाएको छ । गुरुकुलमा २०६३ सालबाट एसएलसी सुरु भएको हो । 

गुरुकुलमा तनहुँ, चितवन, नवलपरासीसहित देशका विभिन्न जिल्लाहरुबाट आएका छात्रहरुले अध्ययन गर्दछन् । एसईई परीक्षामा गुरुकुल विद्यापीठबाट नेपाली, गणित, सामाजिक, अनिवार्य व्याकरण, ऐच्छिक व्याकरण, वेद, कर्मकाण्ड, अंग्रेजी र संस्कृत साहित्य विषयको परीक्षा दिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech