“कुन कुरालाई पत्याउनुहुन्छ ? आलोपालो/पाँच वर्षको कुरा ?”

  |   प्रकाशित :

काठमाण्डौ । नेकपाका नेता टोपबहादुर रायमाझीले आलोपालो प्रधानमन्त्री बन्ने सहमति संस्थागत र औपचारिक रुपमा पार्टीको कुनै पनि कमिटिमा नआएको जानकारी दिएका छन् ।

उनले नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीचमा भएको सहमतिले कुनै दिन औपचारिक रुपमा पार्टीमा प्रवेश गर्ने बताए । पार्टीभित्र औपचारिक रुपमा जानकारी नगराएसम्म उक्त विषयमा टिप्पणी गर्न आवश्यन नरहेको पनि उनले बताए । 

आलोपालो प्रधानमन्त्री बन्ने विषय मिडियामा सुनेको भन्दै उनले दाहालले त्यसको केही दिनपछि फेरी केपी ओली नै पाँच वर्षका लागि प्रधानमन्त्री हो भनेकाले आफूहरु यस विषयमा केही टिप्पणी नगर्ने बताए ।

“कुन कुरालाई पत्याउनुहुन्छ ? कहिले आलोपालोको कुरा सुनिन्छ, कहिले पाँच वर्षको कुरा सुनिन्छ । हामीले के पत्याउने ?” रायमाझीले भने । तर आलोपालोको सहमति भएकै हो भने चाँही कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech