कति जीपीएले इच्छाअनुसारको विषय पढ्न पाउने ?

  |   प्रकाशित :

काठमाडौं । कक्षा ११ मा भर्ना हुने विद्यार्थीले इच्छाअनुसारको विषय पढ्न नपाउने भएका छन् ।

विद्यार्थीहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ०७४ असार ३ गते विद्यार्थीले पाएको विषयगत नतिजाका आधारमा कक्षा ११ मा भर्ना हुन पाउने व्यवस्था गरे बमोजिम माथिल्लो कक्षामा भर्ना हुनुपर्नेछ ।

यस व्यवस्था अनुसार फिजीक्स, केमेस्ट्री, बायोलोजी, म्याथम्याटीक्स, कम्प्युटर साइन्स र एग्रिकल्चर विषयमा भर्ना हुन चाहने विद्यार्थीले ग्रेड प्वाइन्ट एभरेज ९जिपीए० २ ल्याएकै हुनुपर्नेछ । त्यसबाहेक ती विद्यार्थीले विज्ञान र गणितमा सी प्लस र अंग्रेजी, नेपाली र सामाजिक विषयमा डी प्लस ल्याउनैपर्छ ।

व्यावसायिक समूहका एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रीकल, सिभिल र कम्प्युटर इन्जीनियरिङमा भर्ना हुन जीपीए १ दशमलव ६ र अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिकमा डी प्लस ल्याएकै हुनुपर्छ ।

यसैगरी होटल म्यानेजमेन्ट, ट्राभल तथा टुरिज्म अध्ययन गर्न पनि १ दशमलव ६ जीपीए ल्याए पुग्छ तर अंग्रेजी, नेपाली, गणित तथा सामाजिक अध्ययनमा डी प्लस ल्याउनै पर्छ ।

विद्यार्थीले विषयगत र समग्रमा पाएको जीपीएको आधारमा मात्रै भर्ना हुन पाउने व्यवस्था गरिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech