तालमा डुबेर अमेरिकामा १७ बर्षीय नेपाली किशोरको मृत्यु

  |   प्रकाशित :

बोस्टन । अमेरिकाको म्यासच्युसेट्स राज्यस्थित मेडफोर्डस्थित अपर मिस्टिक लेकमा डुबेर अपूर्व देवकोटाको निधन भएको छ।

१७ वर्षीय देवकोटा दुई साथीसँग सोमबार साँझ करिब ८ बजेतिर सो तालमा पुगेको बुझिएको छ । उनी सन् २०१६ मा अमेरिका पुगेका थिए । 

झन्डै दुई घन्टाको अथक प्रयासपछि प्रहरीले देवकोटाको शव निकालेको जनाएको छ । मृतक देवकोटा पौडी खेल्न नजान्ने हुनाले डुबेको अनुमान छ । 

अघिल्लो महिनापनि टेक्सासको फ्लुगरभिल लेकमा कायाक चलाउँदा डुबेर २३ वर्षीया पूजा थापाको निधन भएको थियो।

एक्कासी आएको आँधीमा उनी कायाकसहित बेपत्ता भएकी थिइन्। साँझैमा प्रहरीले खोज्न थाले पनि मौसम प्रतिकूल भएकाले रोकेको थियो।

सन् १९९६ जनवरी २४ मा जन्मेकी थापा अमेरिका आएको केही हप्ता मात्र बितेको थियो। उनको शव जून १२ मा मात्र फेला परेको थियो।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech