ट्रक खस्यो कञ्चनपुरको नहरमा

  |   प्रकाशित :

कञ्चनपुर । हुलाकी सडकको शुक्ला राष्ट्रिय निकुञ्जको क्षेत्रमा ट्रक दुर्घटना भएको छ ।

महेन्द्रनगर देखि बेलडाँडी चवन्नीका लागि हिडेको ना ७ ख २३९६ नं.को ट्रक बेलडाँडी क्याम्प देखि अन्दाजी २,३ किलोमिटर भित्र कच्ची सडकका कारण नहरमा खसेको छ ।

आज विहान ७ः३० बजे तिर नहरमा खसेको बेलडाँडी ट्रफिक प्रहरीले जानकारी गराएको छ । प्रहरीका अनुसार महेन्द्रनगर देखि विहान बेलडाँडी चवन्नीका लागि हिडेको ट्रक ड्राइभरको लार्पवाही र कच्ची सडकका कारण दुर्घटना भएको हुन सक्ने जनाइएको छ ।

ट्रक धनी तेज सिंह धामीका अनुसार ४२५ बोरा सिमेन्ट बोकेर बेलडाँडी आउदै गर्दा सडकबाट चिप्लेर नहरमा खसेको हुन सक्ने अनुमान छ । ट्रकका सहचालक सुखा रानाका अनुसार टिप्पर क्रस हुँदा धुलो उडेकाले ड्राइभरले बाटो नदेख्दा गाडी नहरमा गएको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech