नक्कली लाइसेन्स बनाउने तीन जना चावहिलबाट पक्राउ

  |   प्रकाशित :

काठमाडौं । चावहिलबाट नक्कली सवारीचालक अनुमतिपत्र बनाउने ३ जना पक्राउ परेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं तिलगंगा बस्ने ३८ वर्षीय राधेश्याम नगरकोटी, काठमाडौं चावहिल बस्ने सिन्धुपाल्चोक सानो सिरुवारी घर भएका ३८ वर्षीय राजेश कुमार श्रेष्ठ र काठमाडौं कलंकी बस्ने रामेछाप, रामेछाप नगरपालिका–५ घर भएका ४० वर्षीय मुनालकुमार मोक्तान रहेका छन् ।

उनीहरुको साथबाट नक्कली सवारी चालक अनुमति पत्र, कम्प्युटर प्रिन्टर १ थान र चालक अनुमतिपत्र बनाउन प्रयोग हुने पेपर र यातायात व्यवस्था विभागको नगदी रसिद बरामद गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech