प्रदेश २ मा पनि फोरम र एमालेको सरकार बन्ने, सरकारमा बस्ने राजपाको हैसियत छैन: उपेन्द्र यादव

नेपाल पाना प्रकाशित: २०७४-११-१९ गते | 24228 पटक हेरिएको
प्रदेश २ मा पनि फोरम र एमालेको सरकार बन्ने, सरकारमा बस्ने राजपाको हैसियत छैन: उपेन्द्र यादव

वाम गठबन्धनको सरकारमा संघीय समाजवादी फोरमलाई पनि सहभागि गराउने प्रयास भइरहेको छ । गृहकार्य चलिरहेको छ । निष्कर्ष निस्किएको छैन । संविधान संशोधनको मुद्दा र भागबण्डाको विषयमा छलफल भइरहेको बताइएको छ । फोरमले जस्तै संविधान संशोधनको माग पूरा भए आफूहरु पनि सरकारमा सहभागि हुन तयार रहेको राजपाका नेताहरुले बताउँदै आएका छन् । तर फोरम र वाम गठबन्धनले राजपालाई कुनै वास्ता गरेका छैनन् । किन त ? यिनै विषयवस्तुमा केन्द्रित रहेर ऋषि धमलाले फोरमका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय एकता कायम गर्न सक्छ ?
म ज्योतिष त हैन । तर चाह्यो भने सक्छ, चाहेन भने सक्दैन ।

तपाईले के पाउनुभयो ? केपी ओलीमा त्यो इच्छाशक्ति छ ?
उहाँले चाहनुभयो भने सक्नुहुन्छ । चाहना छ कि छैन भन्ने कुरा उहाँले भन्ने कुरा हो ।

संविधान संशोधन गर्न ओली सकारात्मक हुनुभएको हो ?
सकारात्मक भएको संकेत आएको छ । तर कुरा टुङ्गिएको छैन ।

तपाईसँग दुई बुँदे सहमति भइसकेको हो ?
त्यस्तो केही सहमति भएको छैन ।

तपाईको दल सरकारमा जाने अवस्था सृजना त भएको हो नि ?
यो कुराको पनि टुङ्गो लागेको छैन । हामी वार्तामा बस्ने मान्छेलाई नै थाहा छैन । तपाईहरु बाहिर बस्ने मान्छेलाई थाहा हुँदोरहेछ । यो अचम्मको कुरा हो ।

तपाईहरुबिचको बैठकमा भएको कुरा के हो त ? प्रष्ट पार्नुस् न ।
अहिलेसम्म छलफल जारी छ । टुङ्गोमा पुगेको छैन । जबसम्म निष्कर्षमा पुग्न सकिदैन, तबसम्म केही भन्न सकिदैन ।

धेरैपटक वार्ता भइसक्यो । किन निष्कर्षमा पुग्न सक्नुभएन ?
कुराहरु मिठा हुन्छन् । तर परिणाम सार्थक हुनुपर्छ ।

वाम गठबन्धनबाट सार्थक परिणामको अपेक्षा गर्न सक्नुहुन्छ ?
अब हामीले उहाँहरुलाई खोज्दै गएको होइन । उहाँहरुले आमन्त्रण गरेर गएको हो । त्यसैले सार्थक परिणाम दिने दायित्व पनि उहाँहरुकै हो । हामी त हाम्रो मुद्दा सुनुवाई भए मात्रै सरकारमा सहभागि हुने हो । राष्ट्रिय समस्या समाधान हुने हो भने हामी सहमती गछौँ ।

प्रधानमन्त्री ओलीले त दुई तिहाई पुर्याउनका लागि तपाईलाई सम्मानका साथ आग्रह गर्नुभएको छ नि ?
मलाई व्यक्तिगत सम्मानभन्दा पनि मुलुकको समस्या र सम्मान ठूलो छ । समस्या समाधान गरेर अगाडि बढ्न तयार हुनुपर्छ । उहाँहरुले जे प्रयास गर्नुभएको छ, त्यो राम्रो हो । तर परिणाम निस्किएको छैन । हामीले उठाएका सवालहरुको जवाफसहित हामीलाई सरकारमा लैजाने चाहना राख्नुपर्छ ।

तपाईहरुले उठाएको सवाल के हो ?
संविधान संशोधन र राष्ट्रिय मुद्दाहरुको समाधान हो । कुन कुन विषयमा संशोधन गर्ने सूचि हामी दिन्छौँ ।

अहिले राजपा र फोरमबिचको सम्बन्ध चिसिएको हो ?
राजपासँगको हाम्रो सम्बन्ध प्रदेश नम्बर दुईमा सिट तालमेलका लागि मात्रै भएको थियो । अहिले मधेशी मोर्चा पनि छैन, गठबन्धन पनि छैन । त्यसकारण राजपासँगको अरु कुनै सम्बन्ध नै छैन ।

राजपाका नेताहरुले त उपेन्द्र यादवले धोका दिनुभयो भन्न थालेका छन् नि ?
अब कोही बौलाउँछन् भने त्यसको उपचार गर्न म सक्छु र ? मैले राजपासँग कुनै लगनगाँठो बाँधेको छैन । जो सँगै घुमोस्, यसको जरुरी पनि छैन । उहाँहरुको सिद्धान्त मलाई थाहा छैन । हाम्रो सिद्धान्त र पार्टी बेग्लै हो ।

तपाईहरु चुनावमा गठबन्धन त मिलेर गर्नुभएको हो नि ?
अहिले कुनै गठबन्धन छैन । चुनाव सकिएपछि तालमेल पनि सकियो । मधेशी मोर्चालाई राजपाले खाइहाल्यो । अब नयाँ परिस्थितीमा नयाँ ढंगले जानुपर्ने हुन्छ । कुनै बेला आवश्यकता पर्यो भने फेरी तालमेल गरौँला ।

उपेन्द्र यादवले राजपालाई संगै लिएर जानुपर्ने, एक्लै सरकारमा जान लाग्यो भन्नेहरुलाई के भन्न चाहनुहुन्छ ?
पहिलो कुरा हामी सरकारमा गएकै छैनौँ । अर्को कुरा गइहाले पनि उहाँहरुलाई लैजानुपर्ने कुनै कारण छैन । प्रदेश नम्बर दुईको चुनावका लागि गरिएको तालमेल सकिइसक्यो ।

संविधान संशोधनको मुद्दा उपेन्द्र यादवको मात्रै होइन, हाम्रो पनि हो भन्ने तर्क राजपाका नेताहरुले गरेका छन् नि ?
आफ्नो मुद्दा र माग सम्बोधनका लागि आफैँ पहल गर्ने हो । हाम्रो मुद्दाका बारेमा हामी छलफलमा छौँ । उहाँहरु को हो र थाहा दिनलाई ? हामी चुनावमा भाग लिदा उहाँहरुले उदण्डता देखाएको होइन । अहिले किन पछिपछि लाग्नुपर्यो ? उदण्डता र उच्छ«ंखलता मात्रै राजनीति होइन । उहाँहरुमा अनुसाशन छैन, अराजकता छ । चरम जातिवाद छ । व्यक्तिगत महत्वाकांक्षा बाहेक अरु केही छैन ।

जे भए पनि सरकारमा एकसाथ सहभागि हुँदा भैहाल्थ्यो नि ?
उनीहरु पनि पटकपटक सरकारमा गएको होइन ? माधवकुमार नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनीहरु पनि त सरकारमा गएका थिए नि । लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवाको सरकारमा पनि गएका थिए । पहिला आफ्नो अनुहार हेर्नुपर्यो नि ।

भनेपछि अब राजपासँगको सम्बधमा दरार आयो हैन ?
त्यस्तो केही होइन । उहाँहरुसँगको सम्बन्ध दुई नम्बर प्रदेशस्तरीय मात्रै थियो । चुनाव सकिएपछि त्यो सम्बन्ध पनि सकियो ।

प्रदेश नम्बर २ मा राजपासँग मिलेर सरकार बनाउनुभएको छ । सम्बन्ध टुट्यो भने ?
दुई नम्बर प्रदेशमा दुई दलबिचको सरकार छ । त्यो सम्बन्ध हामी तोड्न चाँहदैनौ । उहाँहरुले उदण्डता प्रस्तुत गर्नुभयो भने जे पनि हुन सक्छ । हामी त सरकारलाई निरन्तरता दिन चाहन्छौँ ।

संविधान संशोधनको मुद्दा त दुवै दलको हो नि ?
उहाँहरुको नीति र हाम्रो नीति मिल्दैन । हामी शासकीय स्वरुप परिवर्तन गर्ने पक्षमा छौँ । उहाँहरु हुनुहुन्न । संविधान संशोधनको विषयमा पनि धेरै कुरा मिल्दैन । तर पनि उहाँहरुलाई लिएर जाने कोसिस रहन्छ । लिएर जाउँला नि पछिपछि ।

तपाई प्रत्यक्ष निर्वाचिन राष्ट्रपतिको पक्षमा हो ?
निश्चित रुपमा । म संसदीय व्यवस्थाको पक्षमा होइन । त्यसैले राजपासँग अनुहार मात्रै मिल्छ, विचार र सिद्धान्त मिल्दैन ।

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


यी हुन् नाकाबन्दीका बेला मधेसी नेताहरूको हावा खुस्काउने ‘शक्तिशाली’ नेता
यी हुन् नाकाबन्दीका बेला मधेसी नेताहरूको हावा खुस्काउने ‘शक्तिशाली’ नेता

मधेस केन्द्रित दलहरूले सिङ्गो तराईलाई ‘एक मधेस एक प्रदेश’ नारासहित आन्दोलन चर्काइ रहेका बेला जन्मिएको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल तत्कालीन नेकपा (एमाले)मा..

‘कसैसँग नझुकेको र नथाकेको कांग्रेस बहुमत छ भन्दैमा कम्युनिष्टसँग झुक्दैन’
‘कसैसँग नझुकेको र नथाकेको कांग्रेस बहुमत छ भन्दैमा कम्युनिष्टसँग झुक्दैन’

चुनावमा अप्रत्यासित पराजय बेहारेको नेपाली कांग्रेसले अझै पनि अगामी बाटो तय गर्न सकेको छैन । कम्युनिष्ट पार्टीहरु एक भएर बहुमतको सरकार चलाईरहेका बेला कांग्रेस भने कमजोर प्रतिपक..

मोदीसँगै राजस्थानी पोशाक किन लगाए ओलीले ? यस्तो रहेछ खोक्रो राष्ट्रवादीको चाकडी (विशेष खुलासा)
मोदीसँगै राजस्थानी पोशाक किन लगाए ओलीले ? यस्तो रहेछ खोक्रो राष्ट्रवादीको चाकडी (विशेष खुलासा)

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजस्थानी पोशाक लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाकडी गरेको टिप्पणी गरेका छन..

पदाधिकारी मनोयनमा देउवाले एकलौटी गरेपछि गर्जिए डा. शेखर कोइराला: आयो यस्तो प्रतिक्रिया, अब के होला?
पदाधिकारी मनोयनमा देउवाले एकलौटी गरेपछि गर्जिए डा. शेखर कोइराला: आयो यस्तो प्रतिक्रिया, अब के होला?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रकै असहमतिकाबीच पदाधिकारी मनोनयन गरेका छन् । उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प..