सरकार कसैको पत्रले प्रभावित नहुने मन्त्री बाँस्कोटाको दाबी 

  |   प्रकाशित :

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार कसैको पत्रले प्रभावित नहुने दाबी गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बाँस्कोटाले विषादी परीक्षण गर्ने सरकारको निर्णय फिर्ता लिने विषय कसैको पत्रका कारण नभएको प्रस्ट पारे ।

भारतको पत्रपछि सरकारले आफ्नो निर्णय फिर्ता लिएको समाचार सार्वजनिक भइरहेको बेला प्रवक्ता बाँस्कोटाले त्यसलाई अस्वीकार गरेका हुन् । परीक्षण गर्ने निर्णय फिर्ता लिए पनि प्रवक्ता बाँस्कोटाले आफूहरु देशको हितमा गम्भीरतापूर्वक लाग्ने बताए।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech