गृहमन्त्री बादल भन्छन्: लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा गोली चल्यो

  |   प्रकाशित :

काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले फायरिङ गर्दा कुमार पौडेलको मृत्यु भएको स्पष्टिकरण दिएका छन् ।

उनले शान्ति सुरक्षा कायम गर्ने र लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाही घटना घटेको बताएका छन् । उनले भने, ‘यी घटनाहरु देशमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा घटेका हुन् । र, लोकतन्त्रको रक्षा गर्ने क्रममा घट्न गएका हुन् ।’

‘सरकार लोकतन्त्रको रक्षा गर्न प्रतिवद्ध छ । देशमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध छ । जनताको जनादेश पनि त्यही छ, मन्त्री थापाले भने, ‘यसैक्रममा यी घटना घटेका हुन् ।’

सर्लाहीमा विप्लव समूहले चन्दा आतंक मच्चाएको, जनप्रतिनिधिलाई धम्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, जनताको जिउधनको रक्षा गर्न सरकारले चदम चालेको बताए । ‘यही क्रममा घटना हुन गएको हो,’ उनले भने ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech