मिडिया काउन्सिल विधेयकविरुद्धको आन्दोलन फिर्ता 

  |   प्रकाशित :

काठमाडौँ । आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन फिर्ता लिएको छ । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको आग्रहपछि महासंघले मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएको हो । महासंघले मंगलबार नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ नेतृत्वको टोलीसँग वार्ता गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

कानूनमन्त्री भानुभक्त ढकाल सम्मलित नेकपा संसदीय दलसँगको वार्तामा महासंघले उठाएका सबै सरोकार संशोधनमार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाएकाले तेस्रो चरणका कार्यक्रम फिर्ता लिएर आन्दोलन स्थगित गरिएको महासंघले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech