इंग्ल्याण्डविरुद्ध टस जितेर ब्याटिङ गर्दै अष्ट्रेलिया

  |   प्रकाशित :

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । 

बर्मिङघमको एजबास्टनमा नेपाली समय अनुसार सवा तीन बजे सुरु हुने खेलमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । 

एक दिवसीय विश्वकपको उपाधि पहिलोपल्ट उचाल्ने लक्ष्यमा रहेको इंग्ल्याण्डलाई आजको खेलमा सबैभन्दा ठूलो र निर्णायक जितको आवश्यकता छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech