मन्दिरलाई दिएको १० लाख मध्ये २ लाख रुपैया पानी खाएरै सकियो

  |   प्रकाशित :

जनकपुरधाम । जानकी जन्मोत्सव मनाउनका लागि प्रदेश २ सरकारले जानकी मन्दिरलाई दिएको दस लाख रुपैया मध्ये दुई लाख रुपैयाँ पानी खुवाएरै सकिएको छ । अब मन्दिरले १३ प्रतिशत भ्याट र डेढ प्रतिशत आन्तरिक कर कटाएर ७ लाख मात्रै पाउने भएको छ ।

प्रदेश २ सरकारले जानकी नवमीका लागि छुट्याएको बजेट उद्योग वन, पर्यटन मन्त्रालयको जिम्मा लगाएको थियो । प्रदेश सरकारले तोकेको दस लाख रुपैंया लिन पर्यटन मन्त्रालयमा पुगेका जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले सात लाखको मात्र चेक थमाएको वताए । 

सहयोग राशी दस लाखको थियो तीन लाख कुन शिर्षकमा खर्च भयो भनेर प्रश्न गर्दा मन्त्रालयका कर्मचारीले तीन लाख पानी र फ्रुटी बाडनमा खर्च भएको जवाफ दिएको महन्थ दासले वताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech