नियुक्ति चित्तबुझ्दो नभए आन्दोलनमा जाने डा. केसीको चेतावनी

  |   प्रकाशित :

काठमाडौं । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै प्रा. डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा योग्य व्यक्ति ल्याउन माग गरेका छन् ।

उनले नियुक्ति चित्तबुझ्दो नभए आन्दोलनमा जाने चेतावनी दिए । आयोगको उपाध्यक्ष चयनका लागि अवलम्बन गरिएको प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै डा. केसीले जारी प्रक्रिया रोकेर नयाँ प्रक्रिया सुरु गर्न पनि माग गरे ।

डा. केसीले ‘माफियामुखी चिकित्सा शिक्षा ऐन’मा आफू सहमत नरहेको भन्दै त्यसविरुद्धको आफ्नो लडाइँ जारी रहेको पनि बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech