खोलाले बगाएकी महिलालाई प्रहरी र स्थानीयले उद्धार गरे 

  |   प्रकाशित :

मोरङ । उर्लाबारी नगरपालिका–६ को मावा खोलाले बगाएकी ४६ वर्षीय सुमित्रामाया कुमाललाई बिहीबार दिउँसो प्रहरी र स्थानीयवासीले उद्धार गरेका छन् ।

उर्लाबारी र दमक नगरपालिकाको सीमा भएर बग्ने मावा खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा बटुल्न जाँदा कुमाललाई खोलाले बगाएको थियो । 

खोलाले बगाएकी महिलालाई इलाका प्रहरी उर्लाबारीबाट खटिएको प्रहरी टोली र स्थानीवासीले उद्धार गरेका हुन् ।

घाइते महिलाको उर्लाबारी - ५ को अरनिको अस्पतालमा उपचार भैरहेको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech