अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा बढे पर्यटक

  |   प्रकाशित :

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मा गत आर्थिक वर्ष सबैभन्दा धेरै पर्यटक आएका छन्। एक्याप क्षेत्र गण्डकी प्रदेशको मुख्य पर्यटकीय गन्तव्य हो। अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा पदयात्रा गर्न पर्यटक आउँछन्।

एक्यापका अनुसार २०७५र७६ को असार १५ सम्म २०७४र७५ को तुलनामा ६ हजार ९ सय ९५ जना बढीले पदयात्रा गरे। १५ दिनको तथ्यांक आउन बाँकी छ। २०७४र७५ मा १ सय ६० देशका १ लाख ७२ हजार ८ सय ६१ जना एक्याप क्षेत्र पुगेका थिए।

गत आवको समीक्षा अवधिमा १ लाख ७९ हजार ८ सय ५६ जना विदेशी पर्यटक आएको आयोजनाका सूचना अधिकृत ऋषि बरालले बताए। यीमध्ये सार्क मुलुकका ४६ हजार २ सय १५, अन्य देशका १ लाख ३३ हजार ६ सय ४१ छ। यो संख्या २०७३र७४ मा १ लाख ४४ हजार १ सय ९८ थियो।

फ्रान्सेली नागरिक मोरिस हर्जोगले हिमाल आरोहण गरेपछि अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटक आउन थालेका थिए। हर्जोगले २००७ जेठ २१ मा ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए। अन्नपूर्ण प्रथम सगरमाथाभन्दा होचो रहे पनि सबैभन्दा पहिले आरोहण गरिएकाले जेठो हिमाल भनेर चिनिन्छ।

यसको आरोहणसँगै अन्नपूर्ण पदयात्रा क्षेत्र र नेपालले विश्वमै चर्चा पाएको थियो। यहाँको पदमार्गमा सडक विस्तार हुँदा पर्यटकको बसाइ घटेको छ। प्रदेशमा सबैभन्दा धेरै पर्यटक पदयात्राका लागि आउने गरेको एक्यापको तथ्यांक छ।

भूकम्पअघि पोखरामा चिनियाँको आगमनले ‘अफ सिजन’ मानिएका असार, साउनमा पनि पर्यटक संख्यामा वृद्धि भएको थियो। चिनियाँ पनि पदयात्रामा जान थालेका थिए। भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि उनीहरूको आगमन घटेको थियो।

त्यो क्रम सुध्रिन नसकेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले बताए। गण्डकी प्रदेश सरकारले सन् २०२२ मा २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ। यो लक्ष्य पूरा गर्न ठूलै कसरत गर्नुपर्ने देखिन्छ। अन्नपूर्णपोष्टबाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech