‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौं । माया प्रेमको भावना समेटिएको गीत ‘सक्दिन म बाच्न’ सार्वजनिक भएको छ । फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक भएको हो  । ‘सक्दिन म बाच्न’मा आवाज मेलिना राईको रहेको छ भने गीतमा अर्जुन पोखरेलको संगीत, बाबु प्रधानको संगीत संयोजन र सुरेश वाग्लेको शब्द रहेको छ ।

गीतमा फिल्मका मुख्य कलाकार साम्राज्ञी आर एल शाह र पुष्प खड्काको परस्पर प्रेमलाई सार्वजनिक गीतमा देखाइएको छ । गीतको कोरियोग्राफी बिक्रम लामा र एन्जिला खत्रीले गरेका छन् । यस अघि फिल्मको अर्को गीत जाम न माया जाम सार्वजनिक भएको थियो ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का , रेविका गुरुङ लगायतको मुख्य भूमिका रहेको छ ।

नवल नेपालको निर्देशन रहेको फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल-कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, सौर्य अधिकारीको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउने छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech