पाकिस्तानी प्रधानमन्त्री नेपाल आउदै गर्दा रणबहादुरले प्रधानमन्त्री ओलीलाई लेखे चिठीः ‘मेरो भाइलाई नेपाल फर्काइदेउ’

नागरिक दैनिकबाट प्रकाशित: २०७४-११-२१ गते | 1528 पटक हेरिएको
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउदै गर्दा रणबहादुरले प्रधानमन्त्री ओलीलाई लेखे चिठीः ‘मेरो भाइलाई नेपाल फर्काइदेउ’

काठमाडौं । रणबहादुर चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै पाकिस्तानमा अलपत्र परेका आफ्नो भाइ (नरेन्द्रबहादुर चन्द) र उनको परिवारको उद्धार गरी नेपाल ल्याईदिन अनुरोध गरेका छन् ।

पाकिस्तानको प्रधानमन्त्री शाहिद खाकान अब्बासीको सोमबारबाट सुरु हुने दुई दिने नेपाल भ्रमणका बेला आफ्नो भाइको समस्या राखिदिन पनि उनले प्रधानमन्त्रीसँग अनुरोध गरेका छन् ।

बैतडी हटैराज–२ गुर्केलीका चन्दले पत्रमा लेखेका छन्, ‘मेरो भाई पाकिस्तानको बलुचिस्तान स्थित शरणार्थी शिविरमा बसेको र निजको श्रीमतिको विवाह दर्ता र छोरा छोरीको जन्मदर्ता समेत नभएको हुँदा नेपाल ल्याउनको लागि उच्चस्तरीय पहल भएमा मात्र सम्भव हुने पाकिस्तानस्थित नेपाली दूतवासले बताउँदै आएको छ,’ रणबहादुरले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ, ‘आउँदो सोमबार पाकिस्तानका प्रधानमन्त्रीज्यू नेपाल भ्रमणमा आउनुहुने भएकोले सोही अवसरमा मेरो भाईको लागि नेपालका सम्माननीय प्रधानमन्त्रीज्यूले भाइ लगायत स–परिवार स्वदेश फिर्ति गराउने वातावरण मिलाईदिन हुन भनि याचना गर्दछु।’

रणबहादुरका भाइ नरेन्द्र पाकितानको क्वेटा जेलबाट गत पुस २९ गते रिहा भएका हुन् । लामो समयदेखि गैरकानुनी रुपमा पाकिस्तानमा बसेको भएपनि उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएको भन्दै स्थानीय अदालतले उनलाई पुसमा रिहा गर्ने आदेश दिएको थियो ।

नरेन्द्र १३ र १४ वर्षको हुँदा २०४६ सालमा भागेर भारत पुगेका थिए। त्यसपछि उनी परिवारसँग सम्पर्क विहिन बनेका थिए । त्यसैवर्ष उनी एकजना पाकिस्तानीको साथ लागेर पाकिस्तान पुगेका थिए ।

सुरुमा पाकिस्तानको कराचीमा बसेका उनी केही वर्षपछि बलुचिस्तान पुगेका थिए । त्यहाँ उनले मुस्लीम धर्म अँगालेर अफगानीस्तानको शरणार्थी युवतीसँग विवाह गरेका थिए । उनको एक छोरा र एक छोरी रहेका छन् ।

हराएको २७ वर्षपछि २०७३ कात्तिक ११ गते नरेन्द्र नेपालमा रहेका आफ्नो परिवारको सम्पर्कमा आएका थिए। सामाजिक सञ्जाल मार्फत उनी बिभिन्न व्यक्तिहरुको सहयोगमा परिवारको सम्पर्कमा आएका थिए ।

परिवारको सम्पर्कमा आएको महिना दिन बित्न नपाउँदै २०७३ मंसिर ८ गते उनलाई स्थानीय प्रहरीले पक्राउ गरेको थियो। उनीसँग राहदानी तथा भिसा नभएपछि पाकिस्तानको प्रहरीले उनलाई क्वेटा जेलमा राखेको थियो।

पक्राउ परेको ८ महिनापछि मात्र नरेन्द्र पुनः परिवारको सम्पर्कमा आएका थिए। पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासले खोजी गरी नरेन्द्र क्वेटा जेलमा रहेको पत्ता लगाएको थियो। त्यसपछि उनलाई अदालतमा पेश गरिएको थियो ।

पुस २९ गतेको अदालतको आदेशबाट जेलमुक्त भएका नरेन्द्र त्यसपछि शरणार्थी शिविरमा आफ्नो परिवारसँग बस्दै आएका छन् । यसैबीचमा पाकिस्तानको प्रधानमन्त्री नेपाल आउन लागेपछि उनको दाई रणबहादुरले प्रधानमन्त्री ओलीलाई पत्रलेखि भाइ र उसको परिवारलाई नेपाल फर्काउने पहल गरिदिनको लागि याचना गरेका हुन् ।

कांग्रेसले चाल्याे सरकार विरुद्ध यस्ताे ठुलाे चाल, हजाराैँकाे संख्यामा काठमाडाैँ अाेसार्दैछ युवा, गृहमन्त्रीले सुइकाे पाएपछि प्रहरीलार्इ गरे 'एलर्ट'

नेकपा सा‌ंसद भट्टारार्इ मन्त्री बन्न नपाएपछि खाेले अाेली सरकारकाे यस्ताे पाेल, अाेली झनै रिसाए

काठमाडौंवासीले चिनियाँ रेल चढ्ने कुरा सपनाजस्तै होला त ?

विश्वकपमा म्याच फिक्सिङ रोक्नका लागि आजदेखि एउटै समयमा २–२ खेल, यस्तो छ रहस्य

नेकपाले खुम्च्यायो अनुशासन आयोगको अधिकार

सभामुख महराेले पार्टी छाडेपछि अाेलीलार्इ असली रुप देखाउँदै भने-'कतिपयलाई संघीयता मन परेन', अाेली परे चकित !!!

रवि लामिछानेको समर्थनमा देखिए काँग्रेस सांसद अभिषेक प्रताप, सरकारबिरुद्ध खोले "फायर"

रवि लामिछानेको समर्थनमा देखिए काँग्रेस सांसद अभिषेक प्रताप, सरकारबिरुद्ध खोले "फायर"

काठमाडाैँ । नेपाली कांग्रेसका नेता तथा कपिलबस्तु क्षेत्र नं. ३ का सांसद  अभिषेक प्रताप शाहले सरकारले सञ्चार माध्यम र प्रेसमाथि गरेकाे हस्ताक्षेपप्रति अाक्राेशित हुँदै घाे..

यातायात व्यवसायीसँग झुक्यो ओली सरकार, महासेठको मुख्य रोल, अब सिन्डिकेट नहट्ने

काठमाडौं । सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार..

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडा । गुट उपगुटको दलदलमा फसेको प्रतिपक्षी नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएका छन्। उनले सभापति शेरबहादुर देउवाको मन जित्नेगरी पार्टीमा देखि..


‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’
‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’

- रामचन्द्र पाैडेल जिल्ला सभापतिहरुको भेलाले अन्यौलता र निराशामा रहेका देशभरका कार्यकर्ताहरुलाई एकहदसम्म आश्वस्त पार्ने काम गरेको छ । सभापतिहरुले आफ्ना कुराहरु निर्धक्क राख..

राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?
राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?

बाबु नेपाली काठमाडौं । बहुदल आइसकेपछि एकाएक सर्वसाधारणको समीपमा रहेर नेकपा मालेका पूर्व महासचिव मदन भण्डारीले भाषण गर्दा यस्तो लाग्थ्यो कि नेपालमात्र होइन विश्वलाई नै समृद्..

ओलीको ईच्छा, मोदीको दिक्षा
ओलीको ईच्छा, मोदीको दिक्षा

दुई दिने राजकिय भ्रमणको सिलसिलामा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदी नेपालमा छन । सन २०१४ मा प्रधानमन्त्रिमा निर्वाचित भए यता भारतिय प्रधानमन्त्रि मोदिको यो तेश्रो नेपाल भ्रमण..

प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवाधिकारवादी रिजालको यस्तो खुल्ला पत्र
प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवाधिकारवादी रिजालको यस्तो खुल्ला पत्र

काठमाडौं ।  विगत ३० वर्षदेखि भुटानबाट लखेटिएका नेपाली मूलका भुटानीहरु तथा स्थानीय भूटानी आदिवासीहरुको निर्वासन, मानवअधिकार तथा भुटान फिर्ति अभियानका अभियन्ता रिजालले भारत..