श्रावण महिनाको महत्व

  |   प्रकाशित :

श्रावण महिना धार्मिक र प्राकृतिक रुपमा महत्वपूर्ण महिना मानिन्छ । किसानहरुलाई खेतीपाति गर्न भ्याई नभ्याई हुन्छ । सबैका घरमा लटरम फलफुल  फलेका हुन्छन् । हरियो  तरकारी प्रशस्त मात्रमा पाईन्छ ।  हिन्दु धर्मालम्बीहरुले पनि शिव पार्वतिको आराधानाको रुपमा श्रावन महिनालाई विशेष रुपमा लिने गर्दछन । यस महिनामा शिव पार्वती सहित कैलाश पर्वत बस्ने भएकाले यस महिनामा शिव पार्वतीको पुजा गरिन्छ ।

हिन्दु धर्मालम्बी महिलाहरुले आफ्नो श्रीमानको लामो आयुको कामना गर्दै हरियो चुरा, पोतो, मेहन्दी लगाउने गर्दछन् । हिन्दू भई जन्मनु केवल संयोग मात्र नभई पूर्व जन्मको संस्कार पनि हो । जन्मनु मर्नु पनि ईश्वरीय शक्ति नै हो । किनकि यस शक्तिलाई आजको वैज्ञानिक युगले पनि पत्ता लगाउन सकेको छैन । यस हिन्दू दर्शनमा धार्मिक महत्वको साथै मानव सुधार, सामाजिक सुधारको विषयमा पनि जोड दिएको पाइन्छ ।

हिन्दू धर्मावलम्बीहरुले मद्यपान, धुम्रपान जस्ता निन्दनीय कार्य र नशालु पदार्थको सेवन गर्नु र यस्ता कुलत छाड्दै आध्यात्मिक चिन्तनमा लागि समाज उपयोगी कार्यमा दत्तचित्त रहेमा स्वस्थ, स्वच्छ जीवनयापन गर्न ठूलो मद्दत पुग्दछ । त्यसैले खानपिनमा सात्विक आहार गरेमा बोली वचन शिक्षा दिक्षाको पनि प्रगति हुन्छ । यस दर्शनमा त्यति मात्र नभई सनातनदेखि मनाउ“दै आएका चाडपर्वहरु पनि केही न केही उद्देश्यबाट प्रेरित भएका हुन्छन् ।

जस्तो श्रावण संक्रान्ति जसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । त्यसैदिनदेखि सूर्य भगवान दक्षिणतिर लाग्ने भएकोले दक्षिणायन पनि शुरु हुन्छ । श्रावन संक्रान्ति लुतो फाल्ने संक्रान्ति पनि भन्ने गरिन्छ । त्यस दिन आफ्नो शरीरमा भएको लुतो, खटिरा, खौसो जस्ता रोगहरुलाई सदाको लागि शरीरबाट फाल्ने चलन छ । त्यसदिन सन्ध्याकालमा काण्डरक नामको निशाचर राक्षसको पूजा गरेमा लुतो, खटिरा तथा अनिष्टको डर वर्ष भरी नै हु“दैन भन्ने जनविश्वास छ ।

यस निशाचर राक्षसको पूजा धसिङ्गरको काठलाई आगो बाली पट्काउने चलन छ भने कतै सल्लाको दाउरा ७÷७ वटाको एक मुठा बनाई आफ्नो परम्परा अनुसार एक मुठा, दुई मुठा वा साना मुठा बनाई काण्डरक निशाचरमा चढाउने र ४ वटा सल्लाको दाउरा बालेर चारै दिशामा फाल्दै लुतो, खटिरा लैजा भन्ने चलन चल्दै आएको पाइन्छ । त्यस दिन पहाडी भेगमा नाचगान गर्ने चलन पनि छ । त्यस नाचलाई वयलडारी भन्ने गरेको पाइन्छ । यस वयलडारीको आफ्नै महत्व छ । ठाउ“ र चलनअनुसार यस दिनलाई छुट्टाछुट्टै तरिकाले मनाउ“दै आएको पाइन्छ ।

श्रवाण संक्रान्तिको दिन मौसमअनुसारको फल, माषको फुलौरा, खिर खाने चलन छ । त्यसैले हिन्दू दर्शनमा मनाउदै आएको चाडपर्वहरुले पनि रोग व्यादि हटाउने लगायत स्वास्थको लागि सात्विक खानालाई पनि जोड दिएको पाइन्छ साथै मनोरञ्जनको विभिन्न नामहरु दिएर फरक फरक शैलीमा नाचगान गर्दै आएको पाइन्छ । जनश्रुती र पौराणिक कथाअनुसार जति हिन्दू धर्ममा मनाउ“दै आएका चाडपर्वहरु छन् ती सबैमा सामाजिक मर्यादा कायम राख्दै समाज उपयोगी छन् । जसले गर्दा सधै सदाचार, सह–अस्तित्व रहि राख्दछ । यी सबैमा वैज्ञानिक कारण छन् । हामीले बुझ्न र बुझाउन  नसक्नुको कारणले गर्दा आज हाम्रा चाडपर्वहरुको महत्व कम हु“दैछ । 

त्यसैले हामीहरुले वास्तविक महत्वलाई बुझ्ने प्रयास गर्नुपर्दछ । जसले गर्दा विश्वमै बेग्लै पहिचान बोकेको हाम्रो धर्म संस्कृतिको महत्व दिन प्रत्येक दिन बढ्नेछ । यही नै हाम्रो पहिचान हो । यही नै हाम्रो धर्म हो । यही नै समस्त हिन्दूहरुको कर्तव्य हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech