उदित नारायण झालाई पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की

  |   प्रकाशित :

काठमाडौं । भारतीय मिडियाका अनुसार पछिल्लो एक महिनादेखि गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की आएको छ ।  

झाले पछिल्लो एक महिनादेखि कोही व्यक्तिले फोनमा हानी नोक्सानी पुर्‍याउने धम्की दिएको भन्दै उजुरी दिएको हो । उजुरीमा उनले फोन गर्ने व्यक्तिले पैसाको माग नगरेको समेत उल्लेख गरेको छ । प्रहरीको अनुसन्धान अनुसार फोन आएको नम्बरको स्थान बिहारमा देखाएको छ ।

मुम्बईको अँधेरी वेस्टमा बस्ने उदित नारायणको घर वरिपरि सुरक्षाकर्मी खटाएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक महिनामा उदितलाई एउटै नम्बरबाट तीन पटक धम्की आएको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech