रारा ताल हेर्न आउने पर्यटकको भिड, धमाधम नयाँ डुङ्गा थपिँदै

  |   प्रकाशित :

मुगु । पछिल्लो समय रारा ताल हेर्न आउने पर्यटकको भिडभाडका कारण डुङ्गा धेरैबेर पर्खनपर्ने र पालो नपाउँदा त्यसै फर्कने गरेको गुनासो बढेपछि राष्ट्रिय निकुञ्जको आर्थिक सहयोगमा २ वटा र डिभिजन वन कार्यालय मुगुबाट २ गरी चारवटा नयाँ डुङ्गाहरु थपिएका छन् ।

यसअघि रारामा जम्मा २ बटा मात्र पुराना डुङ्गा थिए पर्यटकको चाप भएको बेला कतिपय डुङ्गा शयर गर्ने इच्छा हुँदाहुँदै पनि त्यसै फर्कनुपर्ने स्थिती रहेको थियो जसले गर्दा राराको ब्यवस्थापनको नकारात्मक सन्देस जाने गरेको बताउँछन् ।  तर अब ४ वटा नयाँ डुङ्गा थपिएसँगै अबका दिनमा पर्यटकहरुले सहजताका साथ ताल शयर तथा अवलोकन गर्न सकिने भएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech