‘लभ डायरीज’को ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ सार्वजनिक

  |   प्रकाशित :

काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘लभ डायरीज’को प्रचारको पहिलो थालनी ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ गीतबाट गरेको छ । 

अर्जुन पोखरेलले शब्द तथा संगीतरहेको गीतमा बाबु प्रधानको एरेञ्ज रहेको छ । सुगम पोखरेल र स्वेच्छा ठकुरीले गतिमा स्वर दिएका छन् । गीतमा अभिनेता सुशील र अभिनेत्री रुविना देखिएका छन् । विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी छ । फिल्म सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech