जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार

रासस प्रकाशित: २०७४-९-१९ गते | 198 पटक हेरिएको
जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार

काठमाडौँ ।  फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ । 

यही पुस १३ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ९० हजार दर्शकले अवलोकन गरी मंगलबार साँझ सम्पन्न भएको हो । 

‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारा रहेको प्रदर्शनीमा स्वदेशी छालाजुत्ता तथा वस्तु उत्पादकको सहभागिता थियो भने प्रदर्शनीमा नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग र चप्पलको स्टल राखिएको थियो । 

प्रदर्शनीमा सर्वसाधारणदेखि सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी तथा पूर्वमन्त्री समेतले अवलोकन गरेका थिए । यस प्रदर्शनीको मुख्य आकर्षणको रुपमा स्वदेशमै गरिएको रबर खेती एवं उत्पादन तथा अपांगमैत्री जुत्तासमेत राखिएको र कुल १३५ बिक्रीकक्ष रहेको सञ्चार संयोजक नवराज भट्टराईले जानकारी दिनुभयो । 

नेपाल रेडक्रस सोसाइटी, ब्रह्मटोल उपशाखाअन्तर्गत महिला रक्त व्यवस्थापन समितिले मेला अवधिभर आयोजना गरेको रक्तदान कार्यक्रममा ११२ पिन्ट रगत संकलन भएको उक्त समितिका संयोजक राज्यलक्ष्मी शाक्यले जानकारी दिनुभयो । 

प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघले सहयोग गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले प्रदर्शनीको समापन गर्दै सरकारले मुलुकमा ससाना घरेलु उद्योगलाई संरक्षण गर्नुपर्ने नीतिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । 

सोही महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले स्वदेशी उत्पादनलाई वृद्धि गरी आयात प्रतिस्थापन गर्नसकेमा मात्र देशमा आर्थिक विकास हुने बताउनुभयो । 

ओली र हिमानी बिहीबार नेपाल आउँदै, बैंककमा के–के भयो कुराकानी ? यस्तो छ खुलाशा !

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह बिहिबार स्वदेश फर्कदै छिन् । गत पुस २१ गते थाइल्याण्डको बैंकक गएकी उनी बिहीबार फर्कन लागेकी हुन् । छोरी पूर्णिकालाई लिएर उनी बैंकक गएक..

यी हुन कांग्रेसका प्रदेश प्रमुख, एमाले–माओवादी आउट, उपेन्द्र–महन्थले पाए एक–एक प्रदेश प्रमुख

काठमाडौं । सरकारले आज प्रदेश प्रमुख नियुक्त गर्दै छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेका हुन् । यसबारेमा..

अजित डोभलको आग्रहमा ओली बैंककमा रोकिए, दिल्लीमा रेणुको ‘खिचडी’ पाक्दै

काठमाडौं । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारका सदस्य अजित डोलको आग्रहमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको बैंकक बसाइ लम्बिएको खुलासा भएको छ । भारतीय प्रधानमन्त्रीका..

ओलीे बैंकक जाँदा ‘रअ’का प्रमुखले दिल्ली छाडे, प्रचण्ड शसंकित

काठमाडौं । माओवादीसँगको पार्टी एकीकरण प्रक्रियालाई एमालेका दोस्रो तहका नेताहरूले नरुचाएपछि अध्यक्ष केपी ओली संकटमा परेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल &lsq..

पूर्वराजा शाह र योगी आदित्यनाथबीच राजसंस्था र हिन्दू राष्ट्रबारे नयाँ सहमति!

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा भएको भेटवा..

एमालेको मतले चुनाव जितेका राजेन्द्र महतोले प्रधानमन्त्री देउवामाथि लगाए यस्तो आरोप

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले यो सरकार संविधान विपरितको बाटोमा हिडेको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा संघियता मास्ने काममा लागे..


दूरसञ्चार कम्पनीले प्रतिशेयर रु ५५ नगद लाभांश वितरण गर्ने
दूरसञ्चार कम्पनीले प्रतिशेयर रु ५५ नगद लाभांश वितरण गर्ने

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आव २०७३÷७४ को मुनाफा रकम मध्येबाट रु ५५ प्रतिशेयरका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको आ..

नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने
नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने

पथरी ।  नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३÷०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ ।  अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३&div..

नेप्सेले अर्थतन्त्रको दिशानिर्देश गरेको छ : अर्थमन्त्री
नेप्सेले अर्थतन्त्रको दिशानिर्देश गरेको छ : अर्थमन्त्री

काठमाडौँ ।  अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धितोपत्रसम्बन्धी कारोबार गर्ने एकमात्र निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समग्र अर्थतन्त्रको दिशानिर्देश..

एक खर्ब ५१ अर्ब वैदेशिक लगानी
एक खर्ब ५१ अर्ब वैदेशिक लगानी

काठमाडौँ । मुलुकमा रु एक खर्ब ५१ अर्बको प्रत्यक्ष वैदेशिक लगानी भएको एक अध्ययनले देखाएको छ ।  नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार २५२ वटा कम्पनीमा उक्त रकम लग..