अन्तःशुल्कको नक्कली स्टिकर बोक्ने तीनजना जरिवाना तिरेर रिहा

रासस प्रकाशित: २०७४-११-२२ गते | 2768 पटक हेरिएको
अन्तःशुल्कको नक्कली स्टिकर बोक्ने तीनजना जरिवाना तिरेर रिहा

लहान। अन्तःशुल्कको नक्कली स्टिकरसहित प्रहरीले पक्राउ गरेका तीनजनालाई आन्तरिक राजश्व कार्यालय लहान सिरहाले आज बिगो बमोजिमको जरिवाना तिराएर रिहा गरेको छ । 

नक्कली स्टिकरसहित पक्राउ परेका लहान नगरपालिका–८ निवासी सुमितचन्द्र देव, लहान नगरपालिका–५ निवासी आनन्द साह र लहान नगरपालिका–३ निवासी सत्यनारायणलाई स्टिकरवापतको बिगो कायम गरी सो बमोजिमको जरिवाना तिराएर रिहा गरेको आन्तरिक राजश्व कार्यालय लहान सिरहाका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

अन्तःशुल्क ऐन, २०५८ अनुसार तीनैजनामाथि मुद्दा चलाइएको र सोही ऐनअन्तर्गत बरामद भएको स्टिकरको बिगो कायम गरी जरिवाना तिराएर तत्कालका लागि रिहा गरिने निर्णय लिइएको प्रमुख अधिकारीले बताउनुभयो । 

सिरहाको लक्ष्मीपुर पतारीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार अन्तःशुल्कको नक्कली स्टिकरसहित सुमितचन्द्र देव र लहान–५ का आनन्द साहलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजनाको बयानका आधारमा प्रहरीले लहान नगरपालिका–३ निवासी सत्यनारायण साहलाई पनि सोही दिन पक्राउ गरेको थियो । 

सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीको बडहरीगाउँ हुँदै स७प ५५५ नंको मोटरसाइकलमा आउँदै गरेका दुवैजनालाई रोकेर झोलाको तलाशी लिँदा अन्तःशुल्कको नक्कली स्टिकर पाइएको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक रविभूषण यादवले बताउनुभयो । 

कर्मचारी अभावका कारण राजश्वको कर्मचारी अनुपस्थित हुने भएपछि सक्कलीमै मिसाएर नक्कली स्टिकर टाँस्न तस्करमार्फत नक्कली स्टिकर नेपाल भित्र्याइएको हुनसक्ने प्रहरीको आशंका छ । 

पक्राउ परेका तीनैजनाले नक्कली स्टिकर सीमावर्ती भारतीय बजार पिप्राहीबाट झोलामा हालेर ल्याएको बयान दिएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


अमेरिकी डलरको भाउ चुलियो, रुपैयाँको अवमुल्यन
अमेरिकी डलरको भाउ चुलियो, रुपैयाँको अवमुल्यन

काठमाडौं । अमेरिकी डलरको भाउ फेरि बढेको छ ।निरन्तर बढ्दो क्रममा रहेको डलरको खरिद दर ११५ रुपैयाँ ९२ पैँसा पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार..

ओली सरकारको समृद्धि, चौतर्फी मुल्यवृद्धि : चरम मार्कामा सर्वसाधारण
ओली सरकारको समृद्धि, चौतर्फी मुल्यवृद्धि : चरम मार्कामा सर्वसाधारण

काठमाडौं । 'समृद्धि नेपाल सुखी नेपाली' चुनाव अघिदेखि नै केपी शर्मा ओलीको नारा थियो । जुन नारा वर्तमान आवस्थामा पनि रहिआएको छ । नेपाल समृद्धि हुने र नेपाली सुखी बन..

पेट्रोलको कोटा प्रणाली हटाइयो, पम्पमा लाइन उस्तै
पेट्रोलको कोटा प्रणाली हटाइयो, पम्पमा लाइन उस्तै

काठमाडौं । इन्धन आपुर्तिमा समस्या भएसँगै लगाइएको कोटा सिस्टम सरकारले हटाएको छ । इन्घन ढुवानीकर्ताले ढुवानी ठप्प पारेपछि इन्धनको अभाव हुने आकंलन सहित सरकारले पेट्रोलमा कोटा प्र..

यी स्थानमा खुल्दै छन् सुपथ मुल्य पसल
यी स्थानमा खुल्दै छन् सुपथ मुल्य पसल

काठमाडौं । सरकारले दशैं तिहार जस्ता चाडपर्वका लागि सुपथ मुल्य पसल सञ्चालनमा ल्याउने भएको छ । आगामी १२ असोज देखि सुपथ मुल्य पसल सञ्चालनमा आउने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्..