नकाबधारी ज्वाईँले काटमार मच्चाउँदा तीन जना गम्भीर घाईते 

  |   प्रकाशित :

सन्धीखर्क । आधारातमा मुख छोपेर भूमिकास्थान नगरपालिकाको नुवाकोटस्थित ससुराली पुगेका चिरन घर्तीले खुकुरी प्रहार गरी श्रीमती, सासु र सालोलाई गम्भीर घाईते बनाएका छन् । 

भूमिकास्थान नगरपालिका–६, खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोही नगरपालिकाको वडा नम्बर–८ स्थित ससुरालीमा सोमबार राति मारकाट मच्चाएका हुन् । 
चिरनको खुकुरी प्रहारबाट १८ वर्षीया श्रीमती गिता घर्ती, ४३ वर्षीया सासू भुमकला क्षेत्री र ११ वर्षीया सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो । बुटबलमा पनि उपचार हुन नसकेपछि तीनै जनालाई  चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ । 

मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनै जनालाई खुकुरी प्रहार गरेपछि फरार भएका छन् । फरार रहेका उनको खोजी भैरहेको प्रहरीले बताएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech