काश्मिर मामिला : भारतीय सेनालाई भड्काउने ट्वीट गर्दै पाकिस्तानी मन्त्री, पञ्जाबी विधायकको कडा जवाफ !

  |   प्रकाशित :

काठमाडौं । पाकिस्तानका विज्ञान तथा प्रविधी मन्त्री फवाद हुसेनले भारतीय सेनामा तैनाथ पञ्जाबी जवानलाई भड्काउने उदेश्यले विवादास्पद ट्वीट गरेका छन् ।

भारतले संविधानको अनुच्छेद निलम्बन गरी काश्मिरलाई दिँदै आएको विशेष दर्जा खारेज गरेपछि क्रुद्ध पाकिस्तानी मन्त्रीले यस्तो ट्वीट गरेका हुन् ।

 पाकिस्तानी मन्त्री चौधरी फवाद हुसैनले ट्वीटरमा लेखेका छन्–"अन्याय र अत्याचारको हिस्सा बन्न अस्वीकार गर्दै काश्मीरमा तैनाथ नहुन म भारतीय सेनाका सबै पञ्जाबी जवानहरुलाई अपिल गर्छु ।" 

मन्त्री फवादले पञ्जाबी भाषामा लेखेको यो ट्वीट अंग्रेजीमा पनि अनुवाद गरिएको छ । यो ट्वीट लगत्तै फवादले अर्को पनि ट्वीट गरेका छन्, जसमा पाकिस्तानी प्रधानमन्त्री इमरान खाले १४ अगस्टमा पाकिस्तान प्रशासित काश्मीरको विधानसभालाई संवोधन गर्ने उल्लेख छ ।

 भारतको राजधानी दिल्लीस्थित राजौरी गार्डेनबाट अकाली दलका विधायक मनजिंदर सिंहले यो ट्वीटको प्रतिवाद गरेका छन् । उनले आफ्नो ट्वीटमा लेखेका छन्–"एउटा ट्वीट गर्दैमा पञ्जाबीहरु तिम्रो शुभचिन्तक बन्न सक्दैनन ।" 

फवाद हुसेनको ट्वीटले पञ्जाबीहरुलाई ठेस पु-याएको र पञ्जाबीहरु असल देशभक्त रहेको पनि मनजिंदरले उल्लेख गरेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech