कमल थापा उवाच–"नेपालका दलहरु क्वाँटीजस्तै हुन्"

  |   प्रकाशित :

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालका राजनीतिक दलहरुलाई क्वाँटीको संज्ञा दिएका छन् । 

विद्युतीय सामाजिक सञ्जाल ट्वीटर क्वाँटीबारे जानकारी दिन आग्रह गरेपछि त्यसमा कमल थापाले जवाफ दिएका छन् । थापाले लेखेका छन्– "क्वाँटी भनेको नेपालका राजनीतिक दलहरु जस्तै हो, जहाँ लोभी र दानी, धार्मिक र पापी, सज्जन र दुर्जन, निष्ठावान र अवसरवादी, भ्रष्टाचारी र इमान्दार, असल र खराब सबैसँगै अटाउँछन्, बस्छन् र जनतालाई थरीथरीका स्वाद दिन्छन् ।"

थापाले व्यंग्यात्मक शैलीमा क्वाँटीलाई दलहरुसँग तुलना गरिरहँदा त्यसमा दक्षिणपन्थी धारको नेतृत्व गर्ने उनकै पार्टी समेत पर्ने भैहाल्यो । 

आज जनैपूर्णिमाको दिन नेपालीहरु नौ प्रकारका गेडागुडी एकैए ठाउँमा भिजाई क्वाँटी बनाएर खाने चलन छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech