सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु

  |   प्रकाशित :

अफगानिस्तान । उत्तरी प्रान्त बाल्खमा अफगानिस्तानको हवाई सैन्य सेनाले गरेको कारबाहीमा परी २० जना तालिबानको ज्यान गएको छ ।

त्यस क्षेत्रमा तालिबानको बस्ती रहेको सूचनाका आधारमा ती तालिबानमाथि हमला भएको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त क्षेत्रमा रहेको तालिबानहरुको आश्रयस्थलका साथै उनीहरुका अन्य आवश्यक सामग्रीहरु पनि सो कारबाहीका क्रममा नष्ट गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये बाल्ख पनि तालिबानहरुको सबैभन्दा धेरै तालिबानहरुको प्रभाव रहेको क्षेत्रमा पर्ने गर्दछ । त्यसैले सो क्षेत्रमा अफगान सेनाले बारम्बार सैन्य कारबाही गर्ने गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech