‘मोदीले सुरु गरेका हुन्, हामी समाप्त गर्छौँ’

  |   प्रकाशित :

काठमाडौं । पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसैन चौधरीले पुनः एक पटक भारतको लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने तयारी गरेको छ ।  

मन्त्री चौधरीले पाकिस्तानले आफ्नो हवाई क्षेत्र पूर्णरुपमा भारतको लागि बन्द गर्ने सम्बन्धमा विचार गरिरहेको उनले बताएका छन् । अफगानिस्तानसँगको कारोबारमा भारतले पाकिस्तानी जमिनको प्रयोग गर्दै आइरहेको छ र यसमा पनि प्रतिबन्ध लगाउने चौधरीले बताए । चौधरीले यसका लागि कानुनी औपचारिकता पूरा हुने क्रममा रहेको र चाँडै नै प्रभावमा आउने बताए ।

फवाद हुसैन चौधरीले ट्वीटमा लेखेका छन् ‘प्रधानमन्त्री भारतका लागि पाकिस्तानी हवाई क्षेत्रमा पूर्णरुपमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहनु भएको छ । योसँगै अफगानिस्तानसँगको कारोबारमा भारतले पाकिस्तान रुटको प्रयोग गर्दै आइरहेको छ र यसमा प्रतिबन्ध लगाउनेबारे क्याबिनेटमा कुरा पनि उठेको छ । केही कानुनी औपचारिकता बाँकी छ, यो फैसला विचाराधीन छ । मोदीले सुरु गरेका हुन् र हामी समाप्त गर्छौँ ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech