भारी वर्षाका कारण जापानमा दुई जनाको मृत्यु

  |   प्रकाशित :

जापान । भारी वर्षाका कारण जापानमा दुई व्यक्तिको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । सो भारी वर्षाको कारण बाढी र पहिरोको चेतावनीसँगै ६ लाख ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

जापानको क्युशु प्रान्तको उत्तरीे भागमा पर्ने माथिल्लो स्थानमा सरकारले उच्च सर्तकताको चेतावनी दिनुको साथै सो क्षेत्रहरुबाट करिब दश लाख मानिसहरूलाई सो स्थान छोड्न सल्लाह दिइएको छ । सरकारी अधिकारीहरूले दुई व्यक्तिको मृत्युको पुष्टि गरेका छन् ।

पश्चिमी सागा प्रान्तमा कारसहित बगाइएको एक व्यक्ति शव फेला परेको थियो । फुकुओका प्रान्तमा एक कारबाट भाग्न खोज्दा भीषण बाढीमा फसेर अर्को एक व्यक्तिको मृत्यु भएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech