कश्मीरमा भारतीय अत्यचारले सीमा नाघ्‍यो, भारतीले सेनाले सर्वसधारणलाई यातना दिएकाे खुलासा

  |   प्रकाशित :

काठमाडौं । कश्मीरमा भारतीय दमन र अत्यचारले सीमा नाघेको छ । कश्मीरबारे भारतले चालेको कदमविरुद्ध शान्तिपूर्ण रुपमा आवाज उठाउने कश्मीरीमाथि भारतीले सेनाले चरम यातना दिएको सार्वजनिक भएको छ ।

सर्वसधारणलाई नियन्त्रणमा लिएर भारतीय सुरक्षाकर्मीले कुटपिट गर्नुको साथै करेन्ट लगाएर यातना दिने गरेको खुलासा भएको छ । भारतीय संचारमाध्यमले कश्मीरमा भारतीय सुरक्षाकर्मीको ज्यादतीलाई लुकाएपनि पाकिस्तानी संचारमाध्यम, बीबीसीलगायतका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।

समाचारमा जनाइएअनुसार भारतीय सुरक्षाकर्मीले सर्वसाधारणलाई टेलिफोनका तारले कुटपिट गरेको र करेन्टसमेत लगाएर याताना दिएको पीडितहरुले बताएका छन् । भारत सुरक्षाकर्मीहरुले आफूहरुको विरोध गर्नेहरुमाथि छानी छानी कारवाही गरेको समाचारमा जनाइएको छ । रातको समयमा गस्ती गर्ने बहानामा स्थानीयलाई निर्घात कुटपिट गरेर कठोर याताना दिने गरेको बीबीसीले उल्लेख गरेको छ ।

केन्द्र सरकारले जम्मू कश्मीरको विशेष अधिकार नियन्त्रणमा लिएसँगै उक्त स्थानमा ठूलो संख्यामा भारतीय सुरक्षाफौज तैनाथ गरिएको छ । मुसलमान समुदायको बाहुल्यता रहेको जम्मू कश्मीरलाई लिएर लामो समयदेखि भारत र पाकिस्तानबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । कश्मीरलाई संविधानमा दिएको अधिकार कटौती गरी केन्द्र मातहतमा ल्याउने निर्णयसँगै कश्मीरीहरु विरोधमा उत्रेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech