रुख ढलेर किच्दा बालकको मृत्यु, एक जना घाइते

  |   प्रकाशित :

घोराही । दाङको बंगलाचुली गाउँपालिका– ६ सोतीटोलमा रुख ढलेर किच्दा एक बालकको मृत्यु भएको छ भने अर्का बालक घाइते भएका छन् । 

स्थानीय खमारी च्युुरिडाँडा प्राथमिक विद्यालयबाट घर फर्कने क्रममा मंगलबार बेलुकी रुख ढलेर हरिप्रसाद खत्रीका १० वर्षीय छोरा सुजन खत्री र दुुर्गा खत्रीका ९ वर्षीय छोरा तिलक खत्री माथि बज्रिएको थियो । 

रुखले च्याप्दा सुुजनको घटनास्थलमै ज्यान गएको हो । घटनामा गम्भीर घाइते तिलकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech