१८ बर्षअघि आतंकवादसँग यसरी काँपेको थियो अमेरिका, क्षणभरमै तीनहजार मानिस मारिएको त्यो क्षण !

  |   प्रकाशित :

काठमाडौं । सन् २००१ को सेप्टेम्बर ११ का दिन अमेरिकामा आतंकवादी हमला भएको आज ठीक १८ बर्ष पुगेको छ । 

त्यो बर्षको आजकै दिन संसारकै सबैभन्दा शक्तिशाली मुलुक अमेरिकालाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाले थर्थरी कँपाइदिएको थियो । अमेरिकाको न्युयोर्कस्थित ट्वीन टावर्समा आतंकवादीहरुले विस्फोटक भरिएका दुईवटा विमान ठोक्काएका थिए । सो हमलामा तीनहजार मानिसहरुको मृत्यु भएको थियो । उक्त आतंकवादी हमलापछि विश्व नै आतंकवादसँग त्रस्त बनेको थियो । 

सो आतंकवादी हमला देखे÷भोगेका मानिसहरुले हालसम्म पनि त्यो दिनलाई बिर्सन सकिरहेका छैनन् । हवाइजहाजलाई मिसाईलको रुपमा प्रयोग गरी आतंकवादीहरुले हजारौं मानिसको ज्यान लिएका थिए । 

अन्तराष्ट्रिय आतंकवादी संगठनका नाईके ओसामा विन लादेन, जसलाई सन् २०११ को मे २ तारिखमा अमेरिकी नेभीले पाकिस्तानभित्रै छिरेर मारिदिएको थियो । 

सेप्टेम्बर ११ मा अलकायदाले आत्मघाती आतंकवादी हमला गराएको थियो, जसमा उसकै १९ जना आतंकवादी समेत मारिएका थिए । सो हमला गराउन अलकायदाले चार वटा यात्रुवाहक विमान अपहरण गरेको थियो । 

विमान अपहरणकर्ताहरुले जानाजान दुईवटा विमानलाई वल्र्ड ट्रेड सेन्टरमा ठोक्काएर विस्फोट गराएका थिए । यो हमलामा प्रयोग भएका विमानभित्र रहेका सबै यात्रु तथा वल्र्ड ट्रेड सेन्टरभित्र काम गर्ने कैयौं मानिसहरु मारिएका थिए । दुई विशाल भवनहरु दुई घण्टाभित्रै खरानी भएका थिए ।

ती टावरहरुसँगै रहेका अन्य कैयौं भवनहरु समेत ध्वस्त भएका थिए । अपहरणकारीहरुले कब्जामा लिएको अन्य विमानलाई वासिङ्गटन डीसीको आर्लिङ्गटन र भर्जिनियाको पेन्टागनमा विस्फोट गराएका थिए । 

यो हमलामा ९० देशका नागरिकको ज्यान गएको थियो । न्युयोर्क राज्य स्वास्थ्य विभागका अनुसार सन् २००९ सम्म पनि सो हमलामा परेका मानिसहरुको मृत्यु भईरहेको थियो । यो हमलामा लागेको आगो अमेरिकाले १०० दिनमा बल्ल निभाउन सकेको थियो । आगो निभाउन लागेको समय अन्दाज गर्दा नै यो हमला कति भयानक थियो भनी आंकलन गर्न सकिन्छ । 

जुन टावरहरुलाई आतंकवादीहरुले निशाना बनाएका थिए, ती टावरहरु सन् १९७३ अप्रिल ४ तारिखमा निर्माण सम्पन्न गरिएका थिए । यी भवन बनाउन ४०० मिलियन डलर खर्च भएको थियो । ट्वीन टावरमा लगभग ५० हजार कर्मचारीले काम गर्ने गर्थे । यी भवन यति विशाल थिए कि यहाँ २३९ वटा त लिफ्टमात्रै थिए ।

स्थानीय समयअनुसार ११ सेप्टेम्वरको ९ बजेतिर अलकायदाका आतंकवादीहरुले लस एञ्जल्सतर्फ उडिरहेको विमानलाई पेन्टागनको भवनमा ठोक्काइदिएको थियो । अमेरिकी अधिकारीहरुका अनुसार पेन्टागनको सो भवनभन्दा पहिले नै दोस्रो भवन गिरेको थियो, जसमा परी १८४ जनाको ज्यान गएको थियो । 

सो दिन अमेरिकाको तीनवटा विमानलाई आतंकवादीहरुले 'हाइज्याक' गरेका थिए । अपहरणकारीहरुले एउटा विमानलाई पेन्टागनको भवन र अर्कोलाई वल्र्ड ट्रेड सेन्टरको भवनमा ठोक्काईदिएका थिए । अपहृत तेस्रो विमानचाहिँ एक खाली जमिनमा दुर्घटनाग्रस्त भएको थियो । 

सो आतंकवादी हमलापश्चात अमेरिकी खुफिया एजेन्सी एफबीआईले ११ सेप्टेम्वरमा पेन्टागनमा भएको हमलाका केही गोप्य तस्वीर सार्वजनिक गरेको थियो । ती तस्बीरहरुले आतंकवादी आक्रमणको भयानकता दर्शाउँछन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech