आन्तरिक हवाइ भाडामा दशैंदेखि छठसम्म १० प्रतिशत छुट 

  |   प्रकाशित :

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले दशैँदेखि छठसम्म नेपालभित्रै हवाइजहाजमा यात्रा गर्दा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । 

आइतबार बसेको संघको बैठकले हवाइ भाडा छुटसम्बन्धी पछिल्लो निर्णय गरेको हो ।

भाडा छुट लिनका लागि यात्रुले सम्बन्धित वायुसेवा कम्पनीको कार्यालयमै पुगेर आउँदो असोज १२ देखि कात्तिक १७ गतेसम्मको हवाइ टिकट खरिद गर्नुपर्नेछ । 

यसरी टिकट खरिद गर्दा विमानस्थल शुल्क, इन्धनबाहेकको सामान्य हवाइ भाडामा १० प्रतिशत छुट दिने निर्णय वायुसेवा सञ्चालक संघले गरेको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech