खुम्बुमा तीन दिनदेखि विमान उड्न सकेन, सैयौं पर्यटक अलपत्र 

  |   प्रकाशित :

सल्लेरी । उडान प्रतिकुल मौसम हुँदा सोलुखुम्बुमा तीन सय भन्दा बढी पर्यटक अलपत्र परेका छन् । 

बिहिबार बेलुकीदेखि नै खुम्बु क्षेत्रको मौसममा बदली भईरहेको छ । बाक्लो कुहिरो लागेका कारण उडान नहुँदा काठमाडौं फर्कनुपर्ने तीनसय पर्यटक तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा नै रोकिएका छन् । 

नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीका अनुसार यहाँको मौसम शुक्रबारदेखि नै बदली भएको र सो दिन २० वटा उडान तालिका रहेकोमा कुनै पनि उडान हुन सकेको थिएन ।

भोलीपल्ट शनिबार २५ ओटा उडान तालिका भए पनि ५ वटा मात्रै उडान भयो । तर आइतबार भने लुक्ला विमानस्थलमा उडान/अवतरण ठप्प नै भयो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech