यस्तो छ पाकिस्तानको हालत, रेलमन्त्रीले पैसा नतिरेपछि कारधनीले संसदमै बेइज्जत गरिदिए 

  |   प्रकाशित :

इस्लामावाद । कार लगेर पैसा नदिएपछि पाकिस्तानी रेलमन्त्री शेख राशिद अहमदले संसद भवनमै बेइज्जती सहनुपरेको छ ।

विद्युतीय सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको भिडियो फुटेजमा नुर रहमान नाम गरेका व्यक्तिले रेलमन्त्री अहमदसँग रकम मागिरहेका छन् । कारको पैसा चुक्ता नगरेको भन्दै रहमानले अहमदसँग बहस गरिरहेका छन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस । 

राशिदको यो भिडियोलाई लिएर भारतीय जनता पार्टीका प्रवक्ता संबित पात्राले झनै उत्तेजक ट्वीट गरेका छन् । सो ट्वीटमा पात्राले–"केहि दिनअघि करेन्ट लागेका पाकिस्तानी रेलमन्त्रीले आफ्नो कारको पैसा चुक्ता गर्न सकेका छैनन । रकम लिनुपर्ने व्यक्तिले पाकिस्तानी संसदमै पुगेर रेलमन्त्रीलाई घेरेका छन्, आणविक युद्ध लड्न लम्किरहेका व्यक्तिको हालत..."

भारतले कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गरेपछि क्रुद्ध बनेको पाकिस्तानले आणविक युद्धको धम्की दिईरहेको छ । अन्तर्राष्ट्रिय मञ्चमै पुगेर पाकिस्तानले भारतविरुद्ध युद्धको धम्की दिइरहँदा पाकिस्तानी मन्त्रीमाथि कारको पैसा नतिरेको भन्दै संसद भवनमै कारधनीले बेइज्जत गरिदिएका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech