एकाबिहानै ७ वटा हेलिकोप्टर काभ्रेमै किन ल्याण्ड भए ?

  |   प्रकाशित :

काठमाडौं । काभ्रेको नेपालथोक र पाँचखालमा ७ वटा हेलिकोप्टर ल्याण्ड गरिएका छन् ।

देशका विभिन्न स्थानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आएका हेलिकोप्टरहरुलाई मौसम खराबीका कारण काभ्रेमा आकस्मिक अवतरण गराइएको हो । 

काभ्रेको पाँचखालमा मनाङ्ग एयरको दुईवटा, सिम्रिक एयर र कैलाश एयरको एक/एक वटा हेलिकोप्टर अवतरण गराइएको जिल्ला प्रहरी काभ्रेले जानकारी दिएको छ । 

काभ्रेकै नेपालथोकमा पनि तीन वटा हेलिकोप्टरलाई आकस्मिक अवतरण गराइएको छ ।हेलिकोप्टरमा सवार सबै यात्रुुहरु सकुशल रहेको जनाईएको छ । मौसममा झिनो सुधार देखिएकाले केही हेलिकोप्टरहरु काठमाडौंतर्फ उड्ने तर्खरमा रहेका छन् । 

यी हेलिकोप्टरहरु कहाँबाट उडाइएको र कति यात्रु सवार छन् भन्नेबारे अहिलेसम्म जानकारी प्राप्त भएको छैन ।

तस्बिरहरु : सरोज श्रीको ट्विटर ह्यान्डल

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech