बिरामी बोकेको जीप अक्करको भीरबाट खस्यो, ६ जना बेपत्ता 

  |   प्रकाशित :

संखुवासभा । खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जीप अक्करेको भीरबाट खसी अरुण नदीमा बेपत्ता भएको छ । 

धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट मंगलबार राती साढे १० बजेतिर अरुण नदीमा जीप खसेको हो । जीपसँगै त्यसमा सवार ६ जना पनि बेपत्ता भएका छन् । उक्त जीप चालक सन्तोष विकले चलाएका थिए । 

बिरामी बोकेको जीप अरुण नदीमा खसेर बेपत्ता भएपछि खाँदबारीबाट खटिएको टोलीले रातभर खोजी गरेको थियो । तर निरन्तरको बर्षाका कारण निकै ठूलो बनेको अरुण नदीमा जीपको सबै भाग डुबेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । 

हालसम्म चालक सन्तोष विकको बाहेक जीपमा सवार अन्यको नाम खुलेको छैन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech