नेपाल एअरलाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने 

  |   प्रकाशित :

काठमाडौं । ७० बर्ष कटेका जेष्ठ नागरिकले नेपाल एअरलाइन्सको जहाज चढ्ृदा ५० प्रतिशत भाडा छुट पाउने भएका छन् ।

राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । 

निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार जेष्ठ नागरिकले बुधबारबाटै यो छुट पाउनेछन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेका थिए।

सरकारी स्वामित्वको नेपाल एअरलाइन्सबाटै मन्त्रीको यो निर्णय कार्यान्वयनमा ल्याईएको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech