मुलुकको समृद्धिका लागि सत्ता र प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री ओली

रासस प्रकाशित: २०७४-११-२७ गते | 764 पटक हेरिएको
मुलुकको समृद्धिका लागि सत्ता र प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष नहुने स्पष्ट पार्नुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “राष्ट्रिय विकासको अभियान सत्ता पक्षको मात्र नभई हामी सबैको साझा यात्रा हो । यस यात्राको अगुवाइ सत्ता पक्षले गर्ला, प्रधानमन्त्री भएकाले मैले गर्नुपर्ला । तर सबैको यात्रा यही हो ।” 

देशलाई अगाडि बढाउने हो भने सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “हामी शान्ति चाहन्छाँै, स्थिरता, स्थायित्व र शान्ति होस् अनिमात्र विकास गर्न सक्छौँ । सामान्य अवस्थामा पक्ष र प्रतिपक्ष भएर विवाद गर्न सक्छौँ । तर यतिबेला सत्ता पक्ष र प्रतिपक्ष भएर जसरी पनि विरोध गर्ने सुविधा छैन । प्रतिपक्ष पनि सहयोगी हुनुपर्छ ।” 

लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई अंगीकार गर्दै, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, समावेशीता, समानुपातिक प्रतिनिधित्व र त्यसका लागि आवश्यक पर्ने कार्यहरु, आवधिक निर्वाचन, संवैधानिक प्रतिपक्ष, प्रतिपक्ष हुने अधिकारसहितको राजनीतिक प्रणाली स्थापना भएको प्रधानमन्त्रीको भनाइ थियो । 

संविधानबमोजिम एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार आफू विश्वासको मत लिन उपस्थित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “म प्रधानमन्त्रीका लागि प्रधानमन्त्री भएको होइन । म भ्रष्टाचार गर्न प्रधानमन्त्री भएको होइन । म जनताको सेवक हुन चाहन्छु । म दमनकारी होइन, सबैलाई समान व्यवहार गर्छु ।” 

आफूलाई प्रतिनिधिसभाका सदस्यले विश्वासको मत दिन नपर्ने कुनै पनि कारण नभएको स्पष्ट पार्दै प्रतिपक्षले पनि विश्वासको मत दिनसक्ने उहाँले स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री ओलीले प्रदेश नं २ मा संघीय समाजवादी फोरम र राजपा नेपालको सरकार भए पनि एमाले र माओवादी केन्द्रले विश्वासको मत दिएको उदाहरण पेश गर्नुभयो । 

देशको सम्मान बढाउन दलहरुले आफूलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्नुभएको स्पष्ट पार्दै उहाँले नेपालको हित र चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

शान्तिपूर्ण वातावरणमा मात्रै समृद्धिको आधार तयार हुने भन्दै प्रधानमन्त्रीले समृद्धिका लागि कृषि, व्यापार, ऊर्जा, वैदेशिक सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गरेर देश र जनताप्रति प्रतिबद्धता जनाएको उल्लेख गर्दै उहाँले आफ्नो नेतृत्वको सरकार अन्तर्राष्ट्रिय समुदायप्रति जवाफदेही हुने र साझा चुनावी घोषणापत्रमा उल्लेख भएका विषयलाई कार्यान्वयन गरेरै छाडिने दृढ विश्वास व्यक्त गर्नुभयो । 

प्रधानमन्त्रीले भन्नुभयो, “म देशले सुन्ने गरी भन्न चाहन्छु हाम्रा प्रतिबद्धतामा तलमाथि हुँदैन । हामी लोकतन्त्रका लागि लडेर आएका हौँ, लोकतान्त्रिक गणतन्त्रका लागि लडेका हौँ । यसमा तलमाथि हुँदैन ।” 

उहाँले जनताको जीवनलाई सकारात्मक परिवर्तन गर्ने, अधिकारलाई अधिकारमात्रै होइन, उपभोग गर्ने हैसियतमा पु¥याउने, लोकतन्त्रलाई, सामाजिक–आर्थिक अधिकारसहितको लोकतन्त्र संस्थागत गर्ने, नागरिकका आस्था, विश्वास, तिनीहरुको सम्मान गर्ने विषयमा विशेष ध्यान दिने स्पष्ट पार्नुभयो । 

बहुभाषिक, बहुजातीय, विभिन्न आस्था विश्वास, समान्तवादले गरेको विभेदको अन्त्य गर्ने, विभेदरहित समाज स्थापना गर्ने, सामाजिक न्याय र समानता संविधानमा व्यवस्था गरेको भन्दै प्रधानमन्त्रीले विविधतायुक्त हाम्रो समाजलाई अगाडि बढाउने, सामाजिक एकतासहितको आर्थिक समृद्धिको मार्ग पहिल्याउने यात्रामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

जनताले भनेअनुसार चल्ने राजनीतिक प्रणाली स्थापित भइसकेकाले अब कोही कसैले पनि क्रान्ति भनेर समाजलाई दुःख दिन नपाइने स्पष्ट पार्नुभयो ।

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?
हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

हेटौंडा । हेटौंडामा जारी नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला १९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष..

प्रधानमन्त्री ओली उडेसँगै चीन पुगे उत्तर कोरियाली नेता किम, अब के हुन्छ बेइजिङमा ?
प्रधानमन्त्री ओली उडेसँगै चीन पुगे उत्तर कोरियाली नेता किम, अब के हुन्छ बेइजिङमा ?

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै  उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन प्रस्थान गरेका छन् । किम दुई दिने भ्रमणका लागि मङ्गलबारै बेइजिङ प्रस्थान गरेका हुन्..

‘राणा र पञ्चायत फालेको कांग्रेसका लागि जाबो कम्युनिस्टहरू केही होइनन’
‘राणा र पञ्चायत फालेको कांग्रेसका लागि जाबो कम्युनिस्टहरू केही होइनन’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दीपक खड्काले सरकार तानाशाह जन्माउन उन्मुख रहेको आरोप लगाएका छन्।  अहिले सरकारले न्यायालयलाई पनि जकडेर राखेक..

ट्रम्पको देश किन गए आइजिपी सर्वेन्द्र खनाल ?
ट्रम्पको देश किन गए आइजिपी सर्वेन्द्र खनाल ?

काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख (आइजिपी) अमेरिका प्रस्थान गरेका छन्।  न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा हुने दुई दिवसीय संयु..