महान चाँड बडा दशैको अवसरमा ५ सयमै हवाई टिकट

  |   प्रकाशित :

काठमाडौं । नीजि क्षेत्रको आन्नरिक विमान कम्पनी श्री एयरलाइन्सले ८५ बर्ष माथिका नेपाली नागरिकलाई पाँच सयमै उडाउने भएको छ । एक उडानमा दुई जनालाई उक्त सुविधा दिने कम्पनीले जनाएको छ ।

साथै ७० बर्ष माथिका नेपाली नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था रहको पनि कम्पनीले जानकारी गराएको छ । हिन्दुहरुको महान चाँड बडा दशैको अवसर पारेर उक्त योजना असोज १२ गतेबाट लागूहुने गरि सार्वजनिक भएको हो । कम्पनीका अनुसार सो उमेर समुहका जेष्ठ नागरिकलाई पाँच सय रुपैयाँ मात्र लिएर बाँकि हवाई भाडा तथा इन्धन शुल्क छुट हुनेछ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech