विप्लवका उपत्यका इञ्चार्ज तथा पूर्वमन्त्री पक्राउ

  |   प्रकाशित :

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ब्युरो इञ्चार्ज नवीन बिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार राति ललितपुरबाट पक्राउ गरेको हो । 

यस अघि विप्लवका उपत्यका इञ्जार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेपछि नेकपाले बिकलाई जिम्मेवारी दिएको थियो । त्यसको एक महिनामै बिकलाई प्रहरीले पक्राउ गरेको छ । २०६२र०६३ को जनआन्दोलनपछि बनेको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी तत्कालीन माओवादीको तर्फबाट स्थानीय विकास राज्यमन्त्री थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech